नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहसचिव दुवाडीले चिन्ह प्रदान गर्दै नयाँ चुनौतीहरूको सामना गर्दै अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न सहज समाधान खोज्ने विश्वास व्यक्त गरे।

दर्ज्यानी चिन्ह ग्रहण गर्दै आईजीपी थापाले नेपाल प्रहरीसमेत समाजका विभिन्न पक्षहरूको प्रतिबिम्ब भएको उल्लेख गर्दै सुधारको प्रतिबद्धता व्यक्त गरे। उनले सुरुदेखि नै निष्ठापूर्वक सेवा गरेको बताउँदै संगठनको नेतृत्व गर्दा पनि निष्पक्ष र समन्वयात्मक भूमिकामा रहने बताए। संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखी काम गर्ने उनको भनाइ थियो।

थापाले २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकका रूपमा सेवा यात्रा सुरु गरेका थिए।