

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठक आज दिउँसो बस्दै छ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने तय गरिएको छ।
सभापति देउवाको सचिवालयका अनुसार बैठक समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाइएको हो। साथै, बैठकमा सरकारका कामकारबाहीका विषयमा समेत व्यापक छलफल हुने बताइएको छ।