सुशासन विधेयकमा विपक्षी दलहरूको असहमति, मत विभाजनको माग

सुशासन विधेयकमा विपक्षी दलहरूको असहमति, मत विभाजनको माग

काठमाडौं: ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा विपक्षी दलहरूले मत विभाजन माग गरेका छन्।

सोमबार संसदमा विधेयकमाथि दफावार छलफल भएको थियो। छलफलका क्रममा आफूहरूले उठाएका विषय सम्बोधन नभएको भन्दै विपक्षी दलहरूले मत विभाजनको माग गरेका हुन्।

विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत भएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै उठेका थिए। सभामुखसँग समय लिएर रास्वपाका सांसद गणेश पराजुलीले मत विभाजनको औपचारिक माग गरेका छन्।