

काठमाडौं । अब ९० वर्षभन्दा माथिका नागरिकले सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने छैन। गृहमन्त्री रमेश लेखकले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।
‘बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असाहाय तथा ९० वर्षभन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र नभए पनि सेवा लिन बाधा नपर्ने व्यवस्था मिलाइएको छ,’ उनले बताएका छन्।