राजस्वले साधारण खर्च धान्न धौधौ: अर्थमन्त्री पौडेल

राजस्वले साधारण खर्च धान्न धौधौ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व संकलनमा चुनौतीका कारण आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षमा राजस्वले सरकारी खर्च धान्न नसक्ने अवस्था आएको भन्दै अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गर्नुपरेको बताए।

“राजस्वले साधारण खर्च धान्न धौधौ परिरहेको छ। यस्तो अवस्थामा बजेट निर्माण गर्दा वित्तीय अनुशासन अनिवार्य छ,” पौडेलले भने।

उनले स्रोत व्यवस्थापन र विनियोजनलाई उच्च प्रतिफल प्राप्त हुने गरी केन्द्रित गर्नुपर्ने बताउँदै सरकारले वित्तीय अनुशासनलाई ध्यानमा राखेर संशोधन विधेयक अघि सारेको स्पष्ट पारे।