काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै २७१४.८५ बिन्दुमा झरेको छ। नेप्से परिसूचक २१.६३ अंक (०.७९ प्रतिशत) ले घटेको हो।
आइतबार ३१६ धितोपत्रको ७९ हजार ३१ कारोबार हुँदा कुल १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँ पुगेको छ।
व्यापार उपसूचक बाहेक सबै उपसूचक घटेका छन्। सबैभन्दा धेरै विकास बैंक समूह प्रभावित भयो, जसको मूल्य २.२५ प्रतिशतले घट्यो। जबकि व्यापार उपसूचक ४.९२ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले फाइदा उठाए। यसको सेयर मूल्य ८.१९ प्रतिशतले वृद्धि भई २३९० रुपैयाँ पुगेको छ।
त्यस्तै, विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त, अपर हेवाखोला हाइड्रोको मूल्य बढेको छ। तर, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। यसको सेयर मूल्य ७.९१ प्रतिशतले घटेर १२५८ रुपैयाँमा झरेको छ।
पिपुल्स हाइड्रो, विन नेपाल लघुवित्त, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकका सेयरधनीहरू पनि घाटामा रहे। आज सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।