अमेरिकी डलरको भाउ अहिलेसम्मकै सबैभन्दा महंगाे

अमेरिकी डलरको भाउ अहिलेसम्मकै सबैभन्दा महंगाे

काठमाडौँ, २० भदाै । पछिल्लाे समय अमेरिकी डलरको मूल्य लगातार बढ्दै गएको छ । केही दिनदेखि निरन्तररुपमा माथी चढ्दै गरेकाे अमेरिकी डलरको मूल्यले अाज नयाँ उचाई लिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो १८ वर्षको तथ्यांक हेर्दा अाज अमेरिकी डलरको मूल्य सबैभन्दा धेरै देखिएको छ । नेपाल राष्ट्र बैंकले अाजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर ११४.२४ रुपैयाँ तथा बिक्रिदर ११४.८४ पैसा तोकेको छ । यो सन् २००० यताकै सबैभन्दा उच्च हो ।

सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । सन् २०१५ को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य १००.५६ रुपैयाँ थियो । तर यो वर्ष लागेसँगै अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा बलियो हुँदै गएको छ । सन् २०१८ को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य १०१.९ रुपैयाँ थियो र फेब्रुअरीसम्म यस्तै रह्यो । तर त्यसपछि डलर लगातार बलियो हुँदै गएको छ ।