समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने

काठमाडौं । समाजवादी मोर्चाले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने भएको छ । मोर्चाका अनुसार भोलि होटल हिमालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ, जसपछि पत्रकार सम्मेलनसमेत गर्ने तयारी छ ।

मोर्चाका नेता खड्गबहादुर विश्वकर्माका अनुसार बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । “विषय जटिल बन्दै गएको निष्कर्षमा पुगेका छौँ,” उनले भने, “बुद्धिजीवी तथा नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्नेछौँ । त्यसपछि पत्रकार सम्मेलनमार्फत १५ गते आयोजना गर्न लागिएको कार्यक्रमबारे जानकारी दिइनेछ ।”

उनका अनुसार राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने तयारी गरिएको छ ।