वैदेशिक शिक्षा र भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानीमा ग्लोबल आइएमई बैंकको ५०% छुट

वैदेशिक शिक्षा र भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानीमा ग्लोबल आइएमई बैंकको ५०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयका शैक्षिक शुल्क, बीमा शुल्क तथा IELTS, TOEFL, SAT, GMAT, PTE, ACT, ACCA, USMLE जस्ता भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । यो योजना २०२५ अगस्ट ३१ सम्म लागू हुनेछ ।

विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवाका लागि आवश्यक सम्पूर्ण कागजात पूरा गरेपछि बैंकले सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४ द्वारा सम्मानित नेपालकै उत्कृष्ट बैंक हो । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूबाट समेत बैंकले विभिन्न सम्मान प्राप्त गरेको छ ।

नेपालभर ७७ वटै जिल्लामा सेवा विस्तार गरेको पहिलो निजी वाणिज्य बैंकको रूपमा ग्लोबल आइएमई बैंक का ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन् ।

बैंकले बैंकिङ सेवाका अतिरिक्त संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।