काठमाडौं : सातौं दिन पनि लगातार गिरावट जारी रहँदा मंगलबार सेयर बजार परिसूचक नेप्से २७१९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा ३२.२१ अंकको गिरावट आएको हो ।
कारोबार रकम भने सामान्य रूपमा वृद्धि भएको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३९ करोड रुपैयाँ पुग्यो ।
यस दिन ३२ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रह्यो । अन्य सबै सूचक ऋणात्मक हुँदा विकास बैंक समूहमा भने सुधार देखिएको छ । यो समूह १.९३ प्रतिशतले वृद्धि भएको छ ।
अन्य सूचकहरूमा भने गिरावट देखिएको छ:
महालक्ष्मी विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, विन नेपाल लघुवित्तको ८.८%, ज्योति विकास बैंकको ३.३५% र सप्तकोशी विकास बैंकको ३.११% वृद्धि भएको छ ।
विपरित रूपमा, नेस्डो समृद्धि लघुवित्तको ६.६९%, उन्नति सहकार्य लघुवित्तको ५.३६%, हिमालयन पावर पार्टनरको ४.७२% र राप्ती हाइड्रोको ४.६८% सेयर मूल्य घटेको छ ।
धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर अग्रस्थानमा रहेका छन् ।