वुमन्स डे टी-२० : हङकङद्वारा नेपाल २ रनले पराजित

वुमन्स डे टी-२० : हङकङद्वारा नेपाल २ रनले पराजित

काठमाडौं । हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाललाई रोमाञ्चक रूपमा २ रनले पराजित गरेको छ।

हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो। यस जितसँगै हङकङले प्रतियोगितामा महत्वपूर्ण सफलता हात पारेको छ।