परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। उनी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेकी हुन्। भारतमा आयोजना हुने राइसिना संवाद–२०२४ मा सहभागी हुन उनले भारत यात्रा गरेकी हुन्।

भारतको विदेश मन्त्रालयद्वारा मार्च १७ देखि नयाँ दिल्लीमा आयोजना हुने राइसिना संवादमा मन्त्री डा. राणासहित विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री तथा उच्च अधिकारीहरू सहभागी हुनेछन्।

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने छिन्। नेपाल सरकारले जेठमा आयोजना गर्ने सगरमाथा संवादका लागि मोदीलाई निम्ता दिन उनी तयारीमा रहेको बताइएको छ।