चितवन, १९ भदौ । धादिङस्थित सुगम ग्यास उद्योगका लागि ग्यास बोकेर रक्सौलबाट धादिङतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट त्रिशूली नदीमा खसेको छ ।
मुग्लिन प्रहरीका अनुसार एचआर ६९ ईबी ६९७३ नम्बरको बुलेट चितवनको दासढुंगा नजिकैबाट त्रिशूली नदीमा खसेको छ । बुलेटका चालक भने सकुशल रहेको बताइएको छ । तीव्र गतिका कारण बुलेट नदीमा खसेको हुनसक्ने प्रहरीले बताएको छ ।