

काठमाडौं।स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ।
स्वास्थ्य मन्त्रालयले गत बुधबार मन्त्रिपरिषद्मा कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव पठाइसकेको छ। सम्भवत: आउँदो मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्नेछ। स्वीकृत १० जना उम्मेदवारहरूमध्ये १८ र १९ फागुनमा लिइएको प्रस्तुतिकरण र अन्तर्वार्तापछि समितिले तीन जनाको नाम सिफारिस गरेको हो।
स्रोतका अनुसार कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्ले अन्तिम सूचीमा परेका छन्।
हाल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले सम्हालिरहेका छन्।