काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी-२० शृङ्खलाअन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल र नामिबियाबीचको खेल शनिबार युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ। नेपालले नामिबियाको महिला टोलीसँग पहिलोपटक खेल्न लागेको हो।
यस टी-२० शृङ्खलामा नेपालसहित युगान्डा, नामिबिया र हङकङ सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन्।
नेपालले लिग चरणमा:
लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन्।
नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले युगान्डा प्रस्थान गर्नु अघि टोलीको कमजोरी सुधार गरी शृङ्खला जित्ने लक्ष्य रहेको बताए।
कप्तान इन्दु बर्माले टोलीको तयारी राम्रो भएकाले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताइन्। नेपाल पहिलोपटक नामिबियासँग खेल्न लागेकाले यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।