नेपाल बार चुनावमा कांग्रेस–एमाले बीच गठबन्धन: अध्यक्षमा मिश्र र महासचिवमा कोइराला

नेपाल बार चुनावमा कांग्रेस–एमाले बीच गठबन्धन: अध्यक्षमा मिश्र र महासचिवमा कोइराला

काठमाडौं : नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायी संगठनहरूले गठबन्धन गरेका छन्। गठबन्धनअनुसार अध्यक्षमा नेपाली कांग्रेस निकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमाले निकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने भएका छन्।

मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्। चैत २३ गते बारको नयाँ २५ सदस्यीय कार्यसमिति चयनका लागि मतदान हुने छ। निर्वाचन समितिले आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता खुला हुने जानकारी दिएको छ। उम्मेदवारी दर्ता आजै हुने छ।