पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज

काठमाडौं । हृदयघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह उपचारपछि डिस्चार्ज भएका छन्। उनी आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन् भने उनलाई एक सातापछि फलोअपमा बोलाइएको छ। चिकित्सकका अनुसार शाहलाई योसहित चौथो पटक हृदयघात भएको हो। आइतबार बेलुका नै उनको एन्जियोप्लास्टी गरिएको थियो।