गृह मन्त्रालयद्वारा ७ सहसचिवको सरुवा, नयाँ सीडीओहरूको पदस्थापन

गृह मन्त्रालयद्वारा ७ सहसचिवको सरुवा, नयाँ सीडीओहरूको पदस्थापन

काठमाडौं। गृह मन्त्रालयले रिक्त रहेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पदमा सात जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।

बिहीबार बिहान गरिएको सरुवा अनुसार धर्मराज जोशी बाँकेको सीडीओ र नरहरि घिमिरे खोटाङको सीडीओ नियुक्त भएका छन्।

त्यस्तै, विजयराज सुवेदी ओखलढुंगाको सीडीओ का रूपमा खटाइएका छन्। सरुवा भएकामध्ये रामकृष्ण अधिकारीलाई नुवाकोटबाट गृह मन्त्रालयमा ल्याइएको छ भने शशीधर घिमिरेलाई नुवाकोट पठाइएको छ।