

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै एलन मस्कको खुलेर प्रशंसा गरेपछि सभाकक्ष तालीले गुन्जिएको छ।
ट्रम्पले दक्षता विभागको नेतृत्व गरिरहेका मस्कले अमेरिकी जनताको लागि ठूलो योगदान पुर्याइरहेको बताएका थिए। उनले करदाता डलरको अनावश्यक बर्बादी रोक्न मस्कको नेतृत्व महत्वपूर्ण रहेको उल्लेख गरेपछि सांसदहरू र उपस्थित अतिथिहरूले ताली बजाएर समर्थन जनाएका थिए।
मस्कको नाम लिँदा उनी उठेर हात हल्लाउँदै ट्रम्पलाई सलाम गरेका थिए। ट्रम्पले भने, “मस्कलाई यसको आवश्यकता थिएन, तर उनले अमेरिकी जनताको लागि ठूलो काम गरिरहेका छन्। धेरै धन्यवाद, हामी यसको कदर गर्छौं।”
ट्रम्पले मस्क नेतृत्वको दक्षता विभागले विभिन्न देशलाई दिइएको अनावश्यक आर्थिक सहयोग हटाउने सूचीसमेत प्रस्तुत गरेका थिए। साथै, उनले आफ्नो सम्बोधनको क्रममा डेमोक्रेटिक पार्टीलाई तीव्र रूपमा आलोचना गर्दै आफ्नै प्रशासनको कर कटौती नीति दोहोर्याएका थिए।