

काठमाडौं । माघ १८ गते पेस भएका ६ मध्ये ५ अध्यादेश बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिने भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो। यसअघि माघ २४ गते पनि कार्यसूचीमा राखेर स्थगित भएका यी अध्यादेश अब दोस्रोपटक पेस हुने भएका छन्।
संसद्मा पेस भएका ६ अध्यादेशमध्ये पाँचवटा मात्रै निर्णयार्थ पेस हुनेछ। दलहरूले सहमति गरेपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले यी अध्यादेश कार्यसूचीमा समावेश गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बन्धी अध्यादेश फिर्ता नगरेसम्म अन्य पाँचवटा अध्यादेशमा समर्थन नगर्ने अडान लिएका थिए। सरकारले उनीहरूको मागअनुसार भूमिबाहेकका अन्य अध्यादेश सदनमा पेस गर्ने निर्णय गरेको हो।
निर्णयार्थ पेस हुने पाँच अध्यादेशहरुमा निम्नलिखित समावेश छन्:
