खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढ्यो

खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढ्यो

काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १२ रूपैयाँ ७५ पैसाले बढेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीच भएको बैठकमा नेपाल आयल निगम सञ्चालक समितिको दुई दिनअघिको निर्णयबारे जानकारी गराइएको हो।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीसहित सरकारी प्रतिनिधि र व्यवसायीबीच ४ घण्टा लामो छलफलपछि ५ बुँदे सहमति भएको छ।

सहमति अनुसार, फागुन १८ गतेदेखि वाह्य तथा आन्तरिक ढुवानी भाडा समायोजन गरिएको छ। साथै, मुनाफा प्रतिशतमा सुधारको मागलाई निरन्तरता दिँदै एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले उपसमिति गठन गरी अध्ययन अघि बढाउने सहमति भएको छ। व्यवसायीहरूले उठाएको कमिसन २.५ बाट ५ प्रतिशत पुर्याउने मागसम्बन्धी विषय पनि उपसमिति मार्फत अघि बढाइने निर्णय भएको छ।