काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् ।

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

केसीले २०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।