

काठमाडौं। नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। सोमबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र स्वस्तिमा खड्काले हस्ताक्षर गरे। टेलिकम प्रमुख अर्यालले खड्कासँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवर्द्धन तथा बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।
नयाँ भूमिका पाएकोमा खुशी व्यक्त गर्दै खड्काले ब्रान्ड एम्बेसडरको रूपमा कम्पनीको हित अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
एक वर्षका लागि भएको सम्झौता आपसी सहमतिमा थप गर्न सकिने व्यवस्था गरिएको छ। लोकप्रिय अभिनेत्रीको संलग्नताले नेपाल टेलिकमका सेवाहरूलाई अझ प्रभावकारी रूपमा जनता समक्ष पुर्याउने अपेक्षा गरिएको छ।