

काठमाडौं। पूर्वयुवराज पारस शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार उनीमाथि एन्जियोप्लास्टी गरिएको छ।
“हिजो बेलुका नै हृदयघात भएर आउनुभएको थियो। हामीले तत्काल एन्जियोप्लास्टी गर्यौं,” एक चिकित्सकले जानकारी दिएका छन्। अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको बताइएको छ।
चिकित्सकका अनुसार यो पारस शाहलाई भएको चौथो हृदयघात हो। पुनः हृदयघात हुनुको कारणबारे उनले भने, “राजपरिवारमा हृदयघात वंशाणुगत समस्या हो। पारसमा पनि यही कारण मुख्य रूपमा असर देखिएको छ।”
चिकित्सकहरूका अनुसार शाहलाई अझै तीन दिन अस्पतालको निगरानीमा राखिने छ। हाल उनको अवस्था स्थिर रहेको र थप सुधारको प्रतीक्षा गरिएको छ।