बैदीक वाङ्मयमा भक्तिमार्ग अन्तरविद्यालय प्रवचन प्रतियोगिता सम्पन्न

बैदीक वाङ्मयमा भक्तिमार्ग अन्तरविद्यालय प्रवचन प्रतियोगिता सम्पन्न

काठमाडाैं । श्री राधा माधव समिति नेपाल र राष्ट्रिय गुरुकुल शिक्षा परिषदको संयुक्त आयोजनामा वैदिक वाङ्मयमा भक्तीमार्ग विषयक अन्तरविद्यालय प्रवचन प्रतियोगिता हालै सम्पन्न भयो । उक्त प्रतियोगितामा संस्कृत मावि रानीपोखरीका विजय तिमिल्सिनाले प्रथम सोही विद्यालयका हेमन्त भट्टले द्विईतीय ,कान्ति भैरव गुरुकुलका नवीन ढुंगेलले तृतीय, नैमिसारान्या संस्किर्त माविका प्रणव ढुंगेल र आशिष रम्तेलले शान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

काठमाडौं उपत्यका र वरपरका १२ गुरुकुल विद्यालयका विद्यार्थीहरुको सहभागितामा पशुपति वनकालीमा निर्मित कृपालु उद्यानमा संचालित उक्त प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि नेपाल संसकिर्त विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

श्री राधा माधव समिति नेपाल सम्बद्ध विद्वत समाज नेपालका संयोजक महेन्द्र बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आयोजक गुरुकुल शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष प्रा. डा. श्री राम अधिकारी,आयोजक श्री राधा माधव समिति नेपालका का.बा. अध्यक्ष सुरेश प्रकाश आचार्य ,विद्वत समाज नेपालका राजेन्द्र सिग्देल, डी वाई सी नेपालका संयोजक सुशील जिसी,रामास नेपालका दिपक चालिसे,जयतु सस्कृतम् का नवराज कट्टेल लगायतले मन्तव्य दिएका थिए । उक्त कार्यक्रमको अवधारणा संयोजन श्री राधा माधव समिति नेपालका प्रेस संयोजक मुकुन्द अर्यालले गरेका थिए र कार्यक्रमको सहजीकरण विद्वत समाज नेपालका उमा थापाले गरेकी थिइन् ।