काठमाडौं। नेपाली कांग्रेसका १६५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरु भैरहवा पुगेका छन् । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि सुरु हुने दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन क्षेत्रीय सभापतिहरु भैरहवा पुगेका हुन् ।
आज उद्घाटन सत्रलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएका छन् ।
उनले प्रशिक्षणमा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति सहभागी हुनेछन् ।
यसअघि प्रतिष्ठानले पोखरामा जिल्ला सभापति र उपसभापतिलाई प्रशिक्षण आयोजना गरेको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि प्रशिक्षण दिनेछन् ।