साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तान भिड्दै (काे बलियाे ?)

साफ च्याम्पियनसिप : नेपाल र पाकिस्तान भिड्दै (काे बलियाे ?)

बंगलादेश, १९ भदौ । साफ सुजुकी कप फुटबलको १२ औं संस्करण आजबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा साफ च्याम्पियनसिपको १२ औं संस्करणको पहिलो खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ । अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र पाकिस्तान कुल १५ पटक खेलेका छन् । जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ ।

अामने सामने भिडन्त यस्ताे छ

२०१३ सेप्टेम्बर ३ साफ च्याम्पियनसिप  नेपाल १–१ पाकिस्तान
२०१३ फेब्रुअरी ९ अन्तर्राष्ट्रिय मैत्रिपूर्ण नेपाल ०–१ पाकिस्तान
२०११ डिसेम्बर ६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
२००८ जुन ७ साफ च्याम्पियनसिप नेपाल ४–१ पाकिस्तान
२००८ मार्च २७ मैत्रिपूर्ण  नेपाल ०–२ पाकिस्तान
१९९९ सेप्टेम्बर २८ साफ खेलकुद नेपाल ३–१ पाकिस्तान
१९९७ सेप्टेम्बर ४ साफ च्याम्पियनसिप नेपाल ०–२ पाकिस्तान
१९९५ मार्च २९ साफ च्याम्पियनसिप नेपाल २–० पाकिस्तान
१९९३ जुलाई १६ साफ च्याम्पियनसिप नेपाल १–१ पाकिस्तान
१९८९ अक्टोबर २२ क्वायदे अजम कप नेपाल ०–५ पाकिस्तान
१९८६ मे १ क्वाइदे अजम कप नेपाल २–० पाकिस्तान
१९८५ डिसेम्बर २५ साफ खेलकुद नेपाल ०–० पाकिस्तान
१९८५ अप्रिल ३० क्वाइदे अजम कप नेपाल ०–१ पाकिस्तान