नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

काठमाडौं । अस्ट्रेलियाका म्याट रोस नेपाली पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले रोसलाई औपचारिक रूपमा स्वागत गरेका हुन्। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार रोसलाई एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ। ४ सयभन्दा बढी आवेदन परेकोमध्ये सर्टलिस्ट गर्दै अन्तिम पाँच प्रतिस्पर्धी छनोट गरिएको थियो, जसबाट रोसलाई मुख्य प्रशिक्षकका रूपमा चयन गरिएको शाहले बताए।

रोससँग यसअघि दक्षिण कोरियाको महिला टोलीमा सहायक प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ। साथै, उनले युथ डेभलपमेन्ट र कोचिङ क्षेत्रमा विशेष दक्षता हासिल गरेको एन्फाले जनाएको छ।

यसअघि भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल समाप्त भएपछि एन्फाले नयाँ प्रशिक्षक नियुक्त गर्न आवेदन खुलाएको थियो।