नेपालकाे खराब प्रदर्शन: ७ विकेट गुमाएर जम्मा ८० रन

नेपालकाे खराब प्रदर्शन: ७ विकेट गुमाएर जम्मा ८० रन

टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको खराब प्रदर्शन जारी छ । नेपालको लगातार विकेट गुमाइरहेको छ । नेपालले सातौँ विकेट पनि गुमाएको छ ।सातौँ विकेटका रुपमा सोमपाल कामी बाहिरिए । ३२ ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर जम्मा ८० रन बनाएको छ ।

नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट भएका थिए । नेपालले २३ रन बनाउँदा कप्तान पारस खड्का व्यक्तिगत १४ रन बनाएर आउट भएका छन् । तेस्रो विकेटमा अनिलकुमार साह १५ रन बनाएर आउट भए । चैथोमा ज्ञानेन्द्र मल्ल, पाँचौ विकेटमा दीपेन्द्र सिंह ऐरी, छैटौँ विकेटमा सागर पुन आउट भए ।

फाइनलमा पुग्नका लागि चामत्कारिक प्रदर्शन गर्नुपर्ने नेपाललाई सामान्य जित पर्याप्त हुने छैन । आज नेपालले हङकङलाई कम्तीमा एक सय ५० रनले हराएर मात्र पुग्नेछैन यूएईलाई पनि ओमानले त्यस्तै नतिजाले हराउनु पर्नेछ ।