साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसंग भिड्दै

साफ च्याम्पियनसिपः नेपाल पाकिस्तानसंग भिड्दै

बंगलादेश । साफ सुजुकी कप फुटबल आजबाट बंगलादेशको ढाकामा सुरु हुँदैछ । ढाकास्थित बंगबन्धु स्टेडियममा हुने नेपालले पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ मा सुरु हुनेछ । मंगलबार नै बेलुका ६:४५ मा घरेलु टोली बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्दैछ ।

पाकिस्तानविरुद्ध मैदान उत्रदा नेपाल सुखद नतिजा निकाल्ने योजनामा हुनेछ । अर्थात्, उपाधि जित्ने लक्ष्य लिएको नेपाल पाकिस्तानलाई हराएर  उपाधि यात्राको थालनी गर्नेछ । समूह ‘ए’ मा रहेको नेपाललाई अघिल्लो चरणमा प्रवेशको लागि पाकिस्तानविरुद्धको खेल महत्वपूर्ण रहेको छ । पाकिस्तानलाई हराउन सके नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ ।

पराजित भए भुटान र बंगलादेशबीचको खेल नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले बिहिबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ । साफ फुटबलको १२ औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन । तर, यस संस्करण उपाधि जित्दै नेपालले पहिलोपटक साफ जित्ने लक्ष्य बनाएको छ ।

नेपाल भर्सेस पाकिस्तान (हेड टु हेड )

सन् १९९३ जुलाई १६ : १ – १ को बराबरी

सन् १९९५ मार्च २९ : नेपाल २ – ० ले नेपाल र पाकिस्तानद्वारा विजयी

सन् १९९७ सेप्टेम्बर ४ : नेपाल २ – ० ले पराजित

सन् २००८ जुन ७ : नेपाल ४ – १ ले विजयी

सन् २०११ डिसेम्बर ६ : नेपाल र पाकिस्तानद्वारा  १ – १ को बराबरी

सन् २०१३ सेप्टेम्बर ३ : नेपाल र पाकिस्तानद्वारा १ – १ को बराबरी