पर्सामा तस्करीविरुद्ध आक्रामक अभियान: एक महिनामै ८ करोड बढीको राजश्व

पर्सामा तस्करीविरुद्ध आक्रामक अभियान: एक महिनामै ८ करोड बढीको राजश्व

वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीविरुद्ध आक्रामक कारबाही गर्दै एक महिनामै ८ करोड १२ लाख रुपैयाँभन्दा बढीको भन्सार छलीको सामान बरामद गर्न सफल भएको छ।

प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा पर्सा प्रहरीले तस्करी, हुण्डी, लागुऔषध, घरेलु मदिरा तथा आपराधिक गतिविधिहरूविरुद्ध व्यापक कारबाही चलाएको हो।

भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

एसपी मिश्रले माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेपछि तस्करी नियन्त्रणलाई प्राथमिकता दिएका छन्। फागुन १४ गतेसम्म जिल्लाका विभिन्न युनिटहरूले ८ करोड १२ लाख ८ हजार रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेका छन्।

यस क्रममा भन्सारबाट जाँचपास भएर छुटेका तर बिल बिजकभन्दा बढी सामान लोड गरिएका ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ। यी ट्रक तथा बरामद सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैया र भन्सार कार्यालय पर्सामा बुझाइएको छ।

हुण्डी कारोबारमा कारबाही

प्रहरीले सोही अवधिमा २३ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

लागुऔषध नियन्त्रणमा कडा निगरानी

एसपी मिश्रको सक्रियतामा जिल्लाका विभिन्न स्थानमा लगाइएका लागुऔषध खेती नष्ट गरिएको छ।

  • गाँजा: १३,४०० बोट
  • अफिम: ५०० बोट
  • गाँजा बरामद: ७६ किलो ८०० ग्राम
  • चरेस बरामद: २५ किलो

फरार प्रतिवादी पक्राउ अभियान

एक महिनाको अवधिमा ३४४ जना फरार प्रतिवादी पक्राउ गरिएको छ।

  • जरिवाना संकलन: ४८ लाख ४७ हजार ४२२ रुपैयाँ
  • कैद भुक्तान: १५ वर्ष १० महिना २२ दिन

घरेलु मदिराविरुद्ध विशेष अभियान

घरेलु मदिराको उत्पादन र बिक्रीवितरण नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको छ।

  • १४ वटा रक्सी भट्टीमा छापा
  • ९,६५० लिटर कच्चा पदार्थ र ६४० लिटर तयारी मदिरा नष्ट
  • मदिरा उत्पादनका उपकरण बरामद

होटलमा यौन व्यापारविरुद्ध कारबाही

प्रहरीले बसपार्कलगायतका चार वटा होटलमा छापा मारी

  • ६ जना महिलाको उद्धार
  • ४ जना होटल सञ्चालकमाथि कानुनी कारबाही

आपराधिक मुद्दा दायर, समुदायसँग समन्वय

  • ६ वटा आपराधिक मुद्दा दायर
  • १ महिलासहित ६ जना पक्राउ
  • ६२१ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, २२,१८३ नागरिक लाभान्वित

एसपी मिश्रको प्रतिबद्धता

“प्रहरी सम्पूर्ण नागरिकको साथमा छ। ढुक्क भएर अपराधबारे सूचना दिनुहोस्, सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिन्छ,” एसपी मिश्रले नागरिकहरूलाई आग्रह गरे।

उनले शून्य सहनशीलताको नीति अपनाई अपराध नियन्त्रणमा पूर्ण रूपमा व्यावसायिक ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। एसपी मिश्रको आक्रामक कारबाहीका कारण तस्कर, हुण्डी कारोबारी, लागुऔषध व्यापारी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू त्रसित बनेका छन्।