

काठमाडौं। सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरी बल, प्रधान कार्यालय अन्तर्गतको भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै नयाँ इन्सपेक्टर पदका लागि दरखास्त खुलाएको हो।
सूचना अनुसार, कानून र लेखा उपसमूहतर्फ गरी २८ जना प्रहरी निरीक्षक भर्ना गर्न लागिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।
