

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान २:५१ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुन्ड आसपास रहेको छ।
भूकम्पविद् भरत कोइरालाकाअनुसार भूकम्पको उत्पत्ति १० किलोमिटर गहिराइमा भएको मापन गरिएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यका, सिन्धुपाल्चोक र आसपासका जिल्लाहरूमा स्पष्ट रूपमा महसुस गरिएको थियो।