काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ४ जना उज्वेकिस्तानका नागरिक पक्राउ परेका छन्।
गए राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत काठमाडौं आएका ३ महिला र १ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौर का अनुसार उनीहरूलाई शरीरमा लुकाएर ल्याएको सुनसहित पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनाले मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोजेको खुल्न आएको छ। सुराकीका आधारमा गरिएको जाँचमा उनीहरूबाट ३ किलो ७४५ ग्राम सुन बरामद गरिएको हो।
पक्राउ पर्ने उज्वेकिस्तानका नागरिकहरूमा:
✔ अख्माद जानोभना दिलफुजा मारिफअलिभ
✔ इजराइलोभना साओदत फेजिभा
✔ गुलाम्दजानोभन उमिद अख्मेदोभ
✔ सरदोर त्रुस्अनोभ
प्रहरीले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। त्रिभुवन विमानस्थलमा पछिल्लो समय सुन तस्करीका घटना बढ्दै गएका छन्, जसका कारण सुरक्षा प्रणालीलाई थप कडाइ गरिएको बताइएको छ।