परराष्ट्रमन्त्री आरजु राणा देउवाको जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा देउवाको जेनेभामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औं उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेकी मन्त्री देउवाले बुधबार साइडलाइन भेटवार्ताका क्रममा उच्चायुक्तसँग छलफल गरेकी हुन्।

भेटका अवसरमा परराष्ट्रमन्त्री देउवाले नेपाल मानवअधिकार संरक्षण र प्रवर्धनमा उदाहरणीय राष्ट्र रहेको बताउँदै सीमित स्रोतसाधनका बाबजुद नेपाल यस क्षेत्रमा प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

उनले नेपालको संविधानले नागरिक स्वतन्त्रता तथा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको जानकारी गराउँदै, लोकतान्त्रिक मूल्य, कानुनी शासन र न्यायपालिकाको स्वतन्त्रताप्रति सरकारको दृढ प्रतिबद्धता रहेको बताइन्।