एलारा क्लिनिकको ‘सेलिब्रेट सेल्फ’ अभियान: छालाको हेरचाहका लागि विशेष कार्यक्रम

एलारा क्लिनिकको ‘सेलिब्रेट सेल्फ’ अभियान: छालाको हेरचाहका लागि विशेष कार्यक्रम

काठमाडौं । छालासम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्दै आएको एलारा क्लिनिक्स, बलुवाटारले छालाको स्वास्थ्यप्रति सचेत व्यक्तिहरूका लागि विशेष कार्यक्रम ‘सेलिब्रेट सेल्फ’ आयोजना गर्ने घोषणा गरेको छ। यही फागुन १५ देखि १८ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रममा छालासम्बन्धी विभिन्न विशेषज्ञ सेवा तथा आकर्षक छुटहरू प्रदान गरिनेछ।

कार्यक्रमको उद्देश्य छालाको उचित हेरचाहबारे जनचेतना फैलाउनु तथा आधुनिक प्रविधिहरू सर्वसुलभ बनाउनु रहेको क्लिनिकले जनाएको छ। छालाको स्याहार तथा समस्यासम्बन्धी आधुनिक उपचार पद्धति प्रयोग गर्दै आएको एलारा क्लिनिक्सले व्यावसायिक चिकित्सकहरूद्वारा व्यक्तिगत परामर्श, छालाको वैज्ञानिक विश्लेषण तथा विशेष छुटसहितका सेवा उपलब्ध गराउने छ।
‘सेलिब्रेट सेल्फ’ अन्तर्गत सहभागीहरूले केमिकल पिलिंग, कार्बन पिलिंग, लेजर हेयर रिमूवल, छाला विश्लेषण तथा विशेषज्ञ चिकित्सकहरूसँग व्यक्तिगत परामर्श सेवा लिन सक्नेछन्। कार्यक्रममा उपस्थित हुने सबैलाई छालाको अवस्था पहिचान गरी उपयुक्त उपचार योजना बनाइने तथा छालाको स्वास्थ्यप्रति सचेत हुन प्रोत्साहन गरिने आयोजकले जनाएको छ।

एलारा क्लिनिक्सका सीईओ प्रभात अग्रवालका अनुसार, नेपाली समाजमा छालाको उपचारलाई अझ वैज्ञानिक रूपमा बुझ्न आवश्यक रहेको छ। उनी भन्छन्, “स्वस्थ छाला भनेको केवल बाहिरी सौन्दर्यसँग मात्र जोडिएको विषय होइन, यो आत्मविश्वासको स्रोत पनि हो। विज्ञान र प्रविधिको सहायताले छालाका विभिन्न समस्याको समाधान सम्भव छ। हामी ‘सेलिब्रेट सेल्फ’ अभियानमार्फत हरेक व्यक्तिलाई आफ्नो छालालाई माया गर्न प्रेरित गर्न चाहन्छौँ।”

कार्यक्रममा छालासम्बन्धी अनुभवी चिकित्सकहरू सहभागी हुनेछन्, जसले छालासम्बन्धी समस्या, उपचार विधि तथा नियमित हेरचाहका सल्लाह प्रदान गर्नेछन्। छालासम्बन्धी कुनै समस्या नभएकाहरूका लागि पनि छालाको अवस्थाबारे जानकारी लिन र भावी जोखिमहरू पहिचान गर्न यो कार्यक्रम उपयोगी हुने आयोजकको दाबी छ।

यही फागुन १५ गते बिहीबारबाट १८ गते आइतबारसम्म प्रत्येक दिन बालुवाटारस्थित एलारा क्लिनिक्समा सञ्चालन गरिने यो कार्यक्रममा सहभागी हुन अग्रिम रूपमा नाम दर्ता गर्न आवश्यक रहेको आयोजकले जानकारी दिएको छ। पहिलो आउँदा पहिलो सेवा (फर्स्ट कम फर्स्ट सर्भ) को आधारमा उपलब्ध गराइने भएकाले इच्छुक व्यक्तिहरूलाई चाँडो सम्पर्क गर्न आग्रह गरिएको छ।