काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले “बीवाईडी हाई-टेक विक २०२५” आयोजना गर्ने घोषणा गरेको छ। इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई नयाँ ढंगले अनुभव गराउने उद्देश्यले यो फागुन १५ देखि १८ (फेब्रुअरी २७ – मार्च २) सम्म द एभरेस्ट होटल, काठमाडौंमा आयोजना हुने छ।
बीवाईडी हाई-टेक विक २०२५ एक साधारण प्रदर्शनी मात्र नभई, नेपालमा दिगो यातायात प्रविधिको प्रवर्द्धन गर्ने महत्वपूर्ण ल्यान्डमार्क इभेन्ट हुनेछ। यस इभेन्टमा इलेक्ट्रिक भेहिकल टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) इन्टिग्रेसन, तथा न्यू एनर्जी सोलुसन को प्रदर्शन गरिनेछ। यो व्यवसायी, प्रविधि अन्वेषक, ईभी प्रयोगकर्ता, विद्यार्थी, तथा सर्वसाधारण सबैका लागि खुला हुनेछ।
बीवाईडी हाई-टेक विक २०२५ मा विभिन्न अत्याधुनिक प्रविधिहरू र भविष्यमुखी समाधानहरू प्रदर्शन गरिनेछन्।
🔹 हाई-टेक इन्टरएक्टिभ जोन – बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, ई-प्लेटफर्म ३.०, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), ड्युअल मोड अफ-रोड (DMO) लगायतका अत्याधुनिक प्रविधिबारे जानकारी लिन सकिने।
🔹 नेक्स्ट जेनरेशन भेइकल शोकेस – बीवाईडीका हालका र आगामी दिनमा आउने नयाँ इलेक्ट्रिक गाडीहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर।
🔹 लाइभ डेमो – स्मार्ट मोबिलिटीको भविष्य झल्काउने रियल-टाइम टेक्नोलोजी डेमो प्रदर्शन।
🔹 विशेष विशेषज्ञ प्यानल र प्रविधि छलफल – इलेक्ट्रिक मोबिलिटीका विज्ञ, इञ्जिनियर, तथा नीति निर्माताहरूसँग प्रत्यक्ष छलफल गर्ने अवसर।
🔹 विशेष प्रोडक्ट सार्वजनिक – बीवाईडीका नयाँ इलेक्ट्रिक भेहिकल (NEV) र अन्य अत्याधुनिक समाधानहरूको विशेष प्रदर्शन।
🔹 पारिवारिक अनुभव – सबै उमेर समूहका व्यक्तिहरूका लागि उपयुक्त प्रविधि अनुभव गर्ने अवसर, जसले भविष्यको मोबिलिटी प्रविधिसँग अभ्यस्त बनाउनेछ।
बीवाईडी हाई-टेक विक २०२५ ले इलेक्ट्रिक मोबिलिटीबारे जनचेतना फैलाउने, प्रविधि नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने र नेपालमा दिगो यातायातका सम्भावनाहरू उजागर गर्ने लक्ष्य राखेको छ।
🔹 इ-सेवामा उपलब्ध
🔹 विद्यार्थीहरूका लागि परिचय पत्रका आधारमा निःशुल्क प्रवेश
नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा ऐतिहासिक इभेन्टको हिस्सा बन्न आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस् ।