नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले लिए शपथ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले लिए शपथ

काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेल, अर्थसचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत उच्च अधिकारीहरूले ओझालाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका थिए।

ओझालाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।