

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आज (मंगलबार) सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार, सम्भवतः सञ्चालक समितिको बैठक मंगलबार बिहान बस्नेछ र समीक्षा पारित भएपछि सार्वजनिक गरिनेछ। यसअघि, राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक सम्पन्न भइसकेको छ।
यसैबीच, गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले यसमा केही खुकुलोपन आउने अपेक्षा गरिएको छ।