

काठमाडौं। नेपाली बजारमा सोमबार (फागुन १२) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुनको मूल्य प्रति तोला ५०० रुपैयाँले बढेको छ।
यस दिन छापावाल सुन प्रतितोला १ लाख ७० हजार ८०० रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबार (फागुन ११) प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला १,९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १,९८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ।