नेपाली सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष

नेपाली सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष

काठमाडौं । अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको असर नेपालमा पनि पर्नसक्ने भन्दै नेपाली सेनाले नयाँ रणनीति र समन्वय प्रणालीलाई समयानुकूल बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

पृतनापति समन्वयात्मक बैठकको सन्देशमा सेनाले यो कुरा जनाएका छन् कि पछिल्लो समय अमेरिका र युक्रेन बीचको उतार–चढावले नेपालमा नयाँ प्रकारका सुरक्षा चुनौतीहरू सिर्जना गर्नसक्छ। सेनाका अधिकारीहरूले विश्वका द्वन्द्व र भू–राजनीतिक घटनाक्रमको नेपालमा पर्ने असरका बारेमा चिन्तन गरिरहेको बताएका छन्।

रक्षामन्त्री मानवीर राईले भने, “जलवायु परिवर्तन र कृत्रिम बौद्धिकताका सम्भावित चुनौतीहरूलाई सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने अवस्था छ।” बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पनि सुरक्षा वातावरणलाई थप जटिल र संवेदनशील भएको भन्दै समय अनुसार सुरक्षा उपायहरू र रणनीतिहरूलाई विश्लेषण गरेर तयारी गर्नुपर्ने बताएका छन्।