

धरान । नेकपा (एमाले) स्थायी कमिटी सदस्य र पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वर्तमान सरकार दुई पटक ढल्ने भविष्यवाणी गरेका छन्। धरानमा शनिबार सम्पन्न बिजनेश एक्स्पोमा सहभागी हुँदै उनले २०८३ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र २०८४ मंसिरमा प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामापछि यो सरकार ढल्ने बताएका हुन्।
ढकालले भने, “एमाले र कांग्रेसलाई परास्त गरेर सत्तामा पुग्ने माओवादीको दोहोरो चरित्रको अन्त्यका लागि एमाले कांग्रेस गठबन्धन बनाइएको हो।” उनले माओवादीको स्वार्थी र दोहोरी नीतिलाई आलोचना गर्दै आगामी चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने दाबी गरे।
त्यसैगरी, ढकालले धरानको पानीको समस्या र मेयरको प्रवृत्तिको आलोचना पनि गरे। “धरानमा पानीको अभाव छ भन्ने भन्दै खाली गाग्री लिएर सिंहदरबार जानु भनेको के हो?” उनले भने, “यसरी हल्ला गरेर के फाइदा?”
नेपाल उद्योग व्यवसायी महासंघ धरान नगरले आयोजना गरेको विजनेश एक्स्पो १५ दिनको मापदण्ड पूरा गरेर शनिबार समापन भएको हो।