काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह ले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प लाई सामाजिक सञ्जालमा मेन्सन गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर रहेको र ‘अल्छीहरूको देश’ भएको कटाक्ष गरेका छन्।
बालेनले आफ्नो फेसबुक पोस्टमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, “धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो।” उनले अमेरिकाको डीभी लट्री नीति लाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै, नेपालका प्रतिभाशाली जनशक्ति (रत्न) फिर्ता गरिनुपर्ने माग समेत गरेका छन्।
उनको दाबी अनुसार, नेपाल गरिब हुनुको मुख्य कारण जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकामा भने उल्टो समस्या छ। उनले अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैंले आफ्नो देश बनाउन नसक्ने आरोप लगाएका छन्।
बालेनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्को बहस निम्त्याएको छ। कतिपयले उनको विचारको समर्थन गरेका छन् भने कतिपयले अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्न सक्ने भन्दै आलोचना गरेका छन्।