दिल्लीबासीलाई अब १६ लाखसम्मको निःशुल्क उपचार सुविधा

दिल्लीबासीलाई अब १६ लाखसम्मको निःशुल्क उपचार सुविधा

नयाँ दिल्ली । दिल्ली सरकारको नयाँ निर्णयअनुसार अब दिल्लीबासीले १६ लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सुविधा पाउने भएका छन्। मुख्यमन्त्री रेखा गुप्ताको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले ‘आयुष्मान भारत योजना’ लागू गर्ने निर्णय गरेको हो।

यस योजनाअन्तर्गत दिल्ली सरकारले ५ लाख रुपैयाँ र केन्द्र सरकारले ५ लाख रुपैयाँ उपलब्ध गराउनेछ, जसले गर्दा कुल १० लाख भारतीय रुपैयाँ (नेपाली १६ लाख) बराबरको निःशुल्क उपचार सेवा प्रदान गरिनेछ।

बैठकपछि मुख्यमन्त्री गुप्ताले दिल्लीलाई विकसित सहर बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य तथा महिला सशक्तिकरण योजनाहरूलाई प्राथमिकता दिने बताइन्। सरकार योजनाका लाभार्थी वर्गको पहिचान र कार्यान्वयन प्रक्रियाबारे विस्तृत अध्ययन गरिरहेको जनाइएको छ।