पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज

पोखरा महानगरपालिकाका मेयर आचार्य डिस्चार्ज

काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहका क्रममा बेलुन विस्फोट भएर घाइते भएका मेयर आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो।

उनीसँगै सोही विस्फोटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए, तर पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए।

आज मेयर आचार्यले सामाजिक सञ्जालमार्फत आफू अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन्। आचार्यले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल परिवारप्रति आभार व्यक्त गर्दै ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग र सुझाव अपेक्षित रहेको बताएका छन्।