अन्तिम समयमा कांग्रेस सभापति देउवाको भारत भ्रमण  रद्द

अन्तिम समयमा कांग्रेस सभापति देउवाको भारत भ्रमण  रद्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ। इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबिलीटी’ कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन देउवा आज भारत जाने तयारीमा थिए।

शुक्रबार र शनिबार प्रयागराजमा हुने उक्त समिटमा देउवालाई विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको थियो। तर, अन्तिम समयमा उनको भ्रमण रद्द गरिएको हो। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत नजाने पुष्टि गरेका छन्। तर, भ्रमण रद्द हुनुको कारणबारे भने उनले कुनै जानकारी दिएका छैनन्।