

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनका कारण आज (बिहीबार) बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ।
अब बैठक शुक्रबार बिहान ११ बजे ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा बस्ने उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।
संविधानसभा सदस्यसमेत रहेका सापकोटा पार्टीका बागमती प्रदेश सहइन्चार्ज थिए। उनको काठमाडौंस्थित हेल्पिङ ह्यान्ड्स अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।
उनको पार्थिव शरीर एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ। उपमहासचिव भट्टराईले सबै केन्द्रीय सदस्यलाई श्रद्धाञ्जली कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्।