एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कमाथि तानाशाको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्रथ सोसलमा लेख्दै ट्रम्पले जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको आरोप लगाएका छन् ।
त्यसअघि जेलेनेस्कीले युक्रेनबारे रुसले फैलाएको गलत सूचनाबाट ट्रम्प भ्रमित भएको टिप्पणी गरेका थिए । राष्ट्रपति कार्यकाल सन् २०२४ को मेमा सकिए पनि जेलेनेस्की पदमै छन् ।
ट्रम्पले जेलेनेस्कीको पक्षमा युक्रेनका जनता नरहेको तथा उनी कमेडियन भएको पनि टिप्पणी गरेका छन् । आफू युक्रेनी जनताको पक्षमा रहेको र उनीहरुलाई माया गर्ने भन्दै ट्रम्पले जेलेनेस्कीले आफ्नो देशलाई खत्तम पारेको आरोप पनि ट्रम्पले लगाए ।
जेलेनेस्कीकै कारण अनाहकमा लाखौं मानिस मारिएको उनको भनाइ छ । पूर्ववर्ती राष्ट्रपति जो बाइडेनको कार्यकालमा अमेरिकाले युक्रेनलाई साढे तीन सय अर्ब डलर दिए पनि त्यसबाट अमेरिकाले केही नपाएको ट्रम्पले बताए । उनले जेलेनेस्कीकै सनकले रुस युक्रेन युद्ध भएको आरोप लगाए ।
अमेरिकाले दिएको आधा रकम जेलेन्स्कीले गायब पारेको आरोप ट्रम्पको छ । बाइडेनलाई जेलेनेस्कीले आफ्नो इशारामा नचाएको उनले बताए । ट्रम्पले आफू रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा रहेको र त्यसो गर्न सक्ने खुबी आफूमा मात्र रहेको दाबी गरे ।