चौधरी फाउण्डेसनको सहयोगमा सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, हजारौं विद्यार्थी लाभान्वित

चौधरी फाउण्डेसनको सहयोगमा सामुदायिक विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, हजारौं विद्यार्थी लाभान्वित

बर्दघाट । तराई क्षेत्रमा आर्सेनिक युक्त पानीको सेवनले स्वास्थ्यमा गम्भीर समस्याहरू निम्त्याउने गरेको छ, र पश्चिम नवलपरासी पनि यस्ता पानी भएका जिल्लाहरू मध्ये एक हो। यहाँका सामुदायिक विद्यालयका विद्यार्थीहरू पनि अत्याधिक आर्सेनिक भएको पानी पिउन बाध्य थिए।

यस समस्यालाई समाधान गर्न चौधरी फाउण्डेशनले पश्चिम नवलपरासीका २१ सामुदायिक विद्यालयहरूमा शुद्ध पिउने पानीको व्यवस्था गरेको छ। यस पहलको माध्यबाट यहाँका हजारौं विद्यार्थीले शुद्ध पानी पिउन पाएका छन्।

संघीय सांसद बिनोद चौधरी को पहलमा सरावल, प्रतापपुर, सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूमा खानेपानी ट्यांकी, पाइप र अन्य प्राविधिक सामाग्रीहरू निशुल्क उपलब्ध गराई शुद्ध पानीको व्यवस्था गरिएको हो।

यसका अतिरिक्त, प्रतापपुर गाउँ, वडा नं. ९ मा १३ वर्षदेखि जिर्ण अवस्थामा रहेको खानेपानी आयोजनालाई पुनः सञ्चालनमा ल्याउने कार्य पनि चौधरी फाउण्डेशनले सुरू गरेको छ। यस आयोजनाको पुनः सञ्चालनले सयौं घरपरिवारलाई शुद्ध पानी उपलब्ध गराउनेछ।

फाउण्डेशनकाअनुसार, शुद्ध पानीको व्यवस्था सुस्तामा ५, प्रतापपुरमा ८, सरावलमा ४ र बर्दघाट नगरपालिकाका ४ सामुदायिक विद्यालयमा गरिएको हो।