सभापति देउवा भारत जादै, ‘कुम्भ ग्लोबल समिट’ मा सहभागिता हुने

सभापति देउवा भारत जादै, ‘कुम्भ ग्लोबल समिट’ मा सहभागिता हुने

काठमाडौं | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको प्रयागराज जाँदै छन्। उनले महाकुम्भ मेलाको अवसर पारेर ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ मा सहभागिता जनाउनेछन्।

इण्डिया फाउन्डेसन द्वारा आयोजित उक्त समिट शुक्रबार र शनिबार आयोजना हुँदैछ। कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहित विभिन्न अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी हुनेछन्। महाकुम्भ मेला ४५ दिनसम्म चलेर १४ फागुनमा सम्पन्न हुँदैछ।